Logo
Logo

सर्वोच्चका सम्पूर्ण इजलासमा शुक्रबार बहस पैरवी नहुने


819
Shares

काठमाडौं । सर्वोच्चका सम्पूर्ण इजलासमा कानुन व्यवसायीहरुले भोलि (शुक्रबार) बहस पैरवी नगर्ने घोषणा गरेका छन् ।

बिहीबार सर्वोच्च अदालतमा भएको धर्नाका क्रममा प्रहरीले बल प्रयोग गरेको विरोधमा नेपाल बार एशोसिएसनले यो घोषणा गरेको हो । बार महासचिव लीलामणि पौड्यालका अनुसार भोलि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा समेत कानुन व्यवसायीहरुले बहस पैरवी नगर्ने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बार बिहीबार सर्वोच्चमा धर्ना दिएका वकिललाई प्रहरीले लाठिचार्ज गरेको थियो । सो क्रममा बार पदाधिकारीसहित ६ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्