विराटनगर । जिल्ला कारागार मोरङमा रहेका एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ४३ वर्षका नारायण थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङ इटहराका थापालाई जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएको थियो । थापाले ६ वर्ष कैद भुक्तान गरिसकेका थिए । उनको स्वास्थ्यमा एक्कासी समस्या आएपछि कोशी अस्पताल लगिएको थियो । उनलाई सार्स फेर्न गाह्राे भएकाे र पेट दुखेको कारण अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी जनार्दन जिसीले जानकारी दिए । थापालाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।











