Logo
Logo

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न नेविसंघकाे माग


189
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध गरेको छ ।

सरकारले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । पेट्रोल, डिजेल, मट्टितेल, ग्यास,हवाई इन्धनमा मूल्यवृद्धि गरिएको छ ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि जनविरोधी कार्य भएको विज्ञप्ति मार्फत जनाएका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने उल्लेख गर्दै उक्त मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्