Logo
Logo

देउवा र पौडेल समूहको छुट्टाछुट्टै बैठक


441
Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरुको छुट्टाछुट्टै वैठक बोलाएका छन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेका सभापति देउवाले पार्टीको आसन्न महाधिवेशनको तयारी र रणनीतिबारे छलफल गर्न भन्दै आज (बिहीबार) आफू निकट नेताहरुको बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठक अहिले चलिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, डा प्रकाशशरण महतलगायत नेताहरुलाई बोलाइएको छ । प्रधानमन्त्रीको सचिवालयले केही दिनदेखि नेताहरुसँग छलफल चल्दै आएको जनाएको छ । आजै वरिष्ठ नेता पौडेलले पनि आफू पक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् । शुक्रबार दिउँसो २ः३० बजे सुनधारास्थित दियालो होटलमा पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएका हुन् ।

कात्तिक २८ गते (आइतबार) बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा समूहगत साझा धारणा तय गर्न पौडेलले बैठक बोलाएको एक नेताले जानकारी दिए । २८ गतेको बैठकमा महाधिवेशन तयारी, पार्टीका विभिन्न तहमा भएका अधिवेशनको समीक्षालगायतका विषयमा छलफल गर्ने एजेण्डा छ ।

बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक समिति गठन पनि गर्ने काँग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार काँग्रेसले १४ औं महाधिवेशन काठमाडौं भृकुटीमण्डपमा मंसिर २४ देखि तीन दिनसम्मका लागि हल बुकिङ गरिसकेको छ । मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्