Logo
Logo

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक


2.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

शुक्रबार बस्ने स्थायी कमिटीको बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने जनाइएको छ।

शुक्रबारको बैठकले विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेका नेता कार्यकर्ताहरुको जिम्मेवारी र भूमिकाबारे पनि निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेस गर्ने खतिवडाले जानकारी दिए।

शुक्रबारको स्थायी कमिटी बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्