Logo
Logo

एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै


1.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समिति बैठक आज (शुक्रबार) बस्दैछ ।

बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने भएको हो ।

स्थायी कमिटीको आठौं बैठकले २७/२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्