Logo
Logo

विश्वमै कम समयमा जन्मिएका यी जिवित शिशु



काठमाडौं । अमेरिकामा जन्मिएका एक शिशुलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरिएको छ।

ती शिशु जन्मँदा ४२० ग्राम तौल थियो । बिबिसीका अनुसार कम समयमा जन्मिएको ती शिशुको तौल एक पाउन्डभन्दा कम थियो । उनी आमाको गर्भमा २१ साता र एक दिन रहेका थिए ।

कर्टिस मीन्स नाम रहेको ती शिशुको जन्म १६ महिनाअघि अलाबामामा भएको हो । गिनिज वर्ल्ड रेकर्डले ती बालकले अकाल जन्ममा नयाँ कीर्तिमान राखेको पुष्टि गरेको छ ।

सामान्य रूपमा मानिसको गर्भावस्थाको समय ४० हप्ताको हुन्छ । तर कर्टिस समय पुग्नुभन्दा १९ हप्ताअघि नै जन्मिएका थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्