Logo
Logo

संसद अभिलेखबाट अमर्यादित शब्द हटाइयो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ वैशाख । यही २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र कांग्रेसका सांसदबीच भएको सवाल जवाफमा प्रयोग भएका संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाइएको छ । शुक्रबारको बैठकमा सभामुख कृष्णबहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरुले प्रयोग गरेका अमर्यादत शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएका थिए ।
सभामुख महराले निर्देशन दिएलगत्तै नेकपाका सांसद् खगराज अधिकारीले त्यसदिन प्रधानमन्त्रीविरुद्ध गैरसंसदीय शब्दहरु धेरै प्रयोग भएको भन्दै सबै हटाइनुपर्ने बताएका थिए ।
सभामुख महराले आफूले ती सबै शब्द हटाउन निर्देशन दिएको बताएपछि बैठक सुचारु भएको थियो । त्यसदिन प्रधानमन्त्रीले जवाफ दिने क्रममा कांग्रेस सांसद् र प्रधामनन्त्री ओलीबीच भनाभन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्