Logo
Logo

अमेरिका चीन व्यापार युद्ध अर्थात नयाँ खाले तेश्राे विश्वयुद्ध


- दृष्टि न्युज/संवाददाता


अमेरिका र चीनका विच व्यापार युद्ध पुनः चर्केकोछ । अमेरिकाले चीनवाट आयात हुने थप २ सय अर्ब डलरका सामानमा २५ प्रतिशत भंसार लगाएकोछ । यो दर शुक्रवार(बैशाख २७ गते) देखि लागु हुनेछ ।

अमेरिका र चीनका विच केही समय देखि व्यापार युद्ध चलिरहेकोछ । व्यापार युद्ध भनेको दुई देशहरु विच भैरहेको व्यापारमा एकले अर्काको सामान आयातमा भंसार तथा अन्य शुल्क वढाएर अर्को देशवाट आउने सामान आयातमा वाधा खडा गरी दवाव दिनु हो ।

गत सालको जून महिनामा अमेरिकाले ३४ अर्ब डलर वरावरको चिनियाँ सामानमा २५ प्रतिशत भंसार शुल्क लगाएपछि व्यापार युद्ध शुरु भएको हो । केहीसमय पछि नै अमेरिकाले फेरि ५० अर्ब डलर वरावरका चिनियाँ सामानमा २५ प्रतिशत भंसार लगायो । त्यसको वदलामा चीनले पनि ५० अर्ब डलर वरावरका अमेरिकी सामानमा २५ प्रतिशत भंसार लगायो । सेप्टेम्वर २४ मा अमेरिकाले थप २०० अर्ब वरावरका चिनियाँ सामानमा १० प्रतिशत भंसार लगायो । अहिले सोही १० प्रतिशतलाई वढाएर २५ प्रतिशत पु¥याएको हो ।

चीनले त्यसको जवाफ दिने घोषणा गरेको छ । यसको अर्थ चीनमा आयात हुने अमेरिकी सामानहरुमा भंसार वढाउने र अन्य उपायहरु हुन सक्नेछ ।

चीनमा सन् १९७६ मा माओ त्से तुंगको निधन पछि पार्टी र सत्ता पूँजीवादपन्थीहरुको हातमा पुग्यो । सन् १९७८ मा तेंग स्याओ पिंगले सत्ता हत्याएपछि चीनमा प्रतिक्रान्ति भयो र चीनलाई तेंगले पूँजीवादी वाटोमा लगे । चीनमा पूँजीवादको पुनस्र्थापना भएपछि चीनको अर्थतन्त्रको पूँजीवादी विकासको स्वाभाविक परिणाम स्वरुप चिनियाँ उद्योग व्यवसायले आफ्नो उत्पादन विदेशमा विक्रि गरी अति नाफा कमाउने होडवाजी शुरु भयो । चिनियाँ उद्योग व्यवसायकोलागि वढी नाफा हुने देश अमेरिका र युरोपमा चिनियाँ वस्तुको निकासी वढ्यो । अमेरिकाको तत्कालिन नेतृत्वले पनि चीनमा भैरहको पूँजीवादी पुनस्थापनालाई प्रोत्साहन दिन चिनियाँ सामानहरुको आयातमा खुकुलो नीति लागु ग¥यो । साथै चीनमा अमेरिकी र युरोपेली पूँजीपतिहरुलाइ लगानी गर्न प्रोत्साहन दिनाले उनीहरुले चीनमा थुप्रै फैक्ट्रीहरु खोल्ने र त्यसको उत्पादन आफ्ना देश तथा संसार भरी वेच्न थाले ।

यसैको फलस्वरुप सन् १९८५ देखि अमेरिका चीन विचको व्यापारमा अमेरिकाको व्यापार घाटा वढ्न थाल्यो । अर्थात, अमेरिकी सामानहरु चीनमा निर्यात भन्दा चिनियाँ सामानहरु अमेरिकामा आयात निकै वढ्न थाल्यो । सन् २०१८ मा अमेरिकालाई चीन संगको व्यापारमा ४१९ अर्ब डलर व्यापार घाटा भयो । यो भनेको नेपालको ३२ वर्षको सरकारी वजेट हो । यति ठुलो परिमाणमा व्यापार घाटा हुनु, अमेरिकामा भन्दा चीनमा फैक्ट्री खोलेर सामान उत्पादन गर्दा अमेरिकी पूँजीपतिहरुलाई नाफा वढी हुनु, अमेरिकामा फैक्ट्री खोल्ने र रोजगारी वढ्ने क्रममा कमि आउनु, चीनको वढ्ढो पूँजीवादी विकासले अमेरिकी प्रभुत्वमा कमि आउने देख्नु आदि कारणले गर्दा अमेरिकाको वर्तमान चरम राष्ट्रवादको नारा लगाएको सरकारले व्यापार युद्ध गरेर चीनलाइ काबुमा राख्न तथा आफ्नो अर्थतन्त्रमा आएको समस्या कम गर्न प्रयास गरिरहेको छ ।

तर चिनियाँ पूँजीवादमा पनि संकट आइरहेकोछ । कुनैवेला १० प्रतिशत भन्दा वढीको दरले आर्थिक वृद्धि गरिरहेको चीनमा अहिले ६.५ प्रतिशत भन्दा पनि कम आर्थिक वृद्धि हुन थालेको छ ।

अमेरिकाले आफ्नो उत्पादित वस्तुहरुमा थप करहरु लगाएर आयातमा प्रतिवन्ध लगाउन थालेकोले चीनले वैकल्पिक वजार खोज्न थालेको छ । यसकालागि बेल्ट एण्ड रोड भनेर अरु देशहरु संग सडक संजाल वढाउने र आफ्नो वस्तुको व्यापार गर्न नयाँ योजना अगाडि सारेकोछ ।

माक्र्स, लेनिन, माओका सिद्धान्तहरु पुरानो भयो भनेर हल्ला चलाउन थालिएको समयमा उहाँहरुका सिद्धान्तहरु शान्दार तरिकाले लागु भैरहेकोछ । पूँजीवादको विकास क्रममा अर्थतन्त्र र राजनीतिमा गम्भीर संकटहरु वारम्वार आउँछ भन्ने सिद्धान्त अमेरिका र चीनमा लागु भैरहेकोछ । आफ्नो संकट हल गर्न पूँजीपतिहरु र उनीहरुका शासक वर्गले अन्य देशहरुमा वजार फैलाउन र कच्चा पदार्थ कब्जा गर्न, प्रत्यक्ष वा अप्रत्यक्ष युद्धहरु गर्छन् भन्ने तथ्य अहिलेको व्यापार युद्धले पनि प्रमाणित गरिरहेकोछ ।

आणविक हतियारको विकासले त्यसको प्रयोग गर्दा आफुपनि ध्वस्त हुने डरले पहिलो र दोश्रो विश्वयुद्ध जस्तै युद्ध नगरेपनि पूँजीवादीहरुले एक आपसमा विगतमा शितयुद्ध र स्थानिय युद्धहरु लडे । अहिले ब्यापार युद्ध लडिरहेकाछन् ।

ब्यापार युद्ध पनि एक खालको विश्वयुद्ध नै हो ।  याे नयाँ खाले तेश्राे विश्वयुध्द हाे । यसले अरबौं डलरका उद्योग व्यवसायहरु स्वाहा पार्दछ । अरबौं डलरका सम्पतिहरु ध्वस्त वनाउँछ । यसले विश्वका उत्पीडित वहुसंख्यक जनतामा थप संकट ल्याउनेछ ।

अहिले व्यापार युद्धवाट मुक्ति पाउन अमेरिका र चीनका उच्च नेताहरु विच वार्ता चलिरहेकोछ । तर वार्ताको समय मै अमेरिकाले एकतर्फी रुपमा २ सय अर्ब डलर सामानमा भंसार वढाएर चीनमाथि दवाव वढाएकोछ । अब जवाफ दिने पालो चीनको हो । चीनका राष्ट्रपतिले वार्ता टोलीलाई नझुक्न निर्देशन दिएको समाचार पनि प्रकाशित भएकोछ । कदाचित वार्तामा केही सहमति भएपनि केही समय पछि पुनः याे व्यापार युध्द नयाँ तरिकाले अघि वढ्नेछ ।

यो व्यापार युद्ध विभिन्न उतार चढावका विच चलिरहने देखिन्छ । विश्वका ठुला पूँजीवादी अर्थतन्त्रहरु गम्भीर संकटको विचवाट गुज्रीरहेकोछ ।

यही ५ मार्चमा कार्ल माक्र्स जन्मेको २०० वर्ष पुरा भएकोछ । माक्र्स, लेनिन, माओका सिद्धान्तहरु सही सावित भएको यस स्थितिमा सिद्धान्तनिष्ठ, क्रान्तिकारी र जनपक्षीय पार्टीहरु विश्वभरी पुनर्जिवीत गर्न आवश्यक भएकोछ । अहिले ब्यापार युद्धले गर्दा विश्व पूँजीवादमा नयाँ संकट आउँने सम्भावना वढेको छ । यस्तो वेला नयाँ क्रान्तिको लहर विश्वभरि नै आउने सम्भावना हुने गर्दछ । जसरी पहिलो र दोश्रो विश्वयुद्ध पछि विश्वभरी नै क्रान्तिको लहर आएको थियो । तर त्यसको पहिलो शर्त माक्र्सवादी लेनिनवादी माओवादी सिद्धान्त अंगालेको क्रान्तिकारी र जनपक्षीय पार्टी विश्वमा फैलिनु पर्दछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्