Logo

फेरि उठ्नु छ



जे देखियो
ती डोबहरू हुन्
जीवनको घामछायाँको
कति उकाली, कति ओराली
लेकमा सुस्ताएपछि
बेँसी झर्नै पर्ने
फाँटको हरियाली हेर्न नपाई
भन्ज्याङ उक्लिनै पर्ने
अब लट्ठी टेक्दै
यसरी चाउरी परेका अनुहारमा
गन्न नसकिने रेखाहरूले
बनाएको मानचित्र
क्याप्प सोहोरिएको अनुहार
दाँत रहित हाँसोले
उद्घोष गरेको आँत
कति मीठो, कति नमिठो
एक चरणको गीत
धेरै चरणका सुस्केराहरू
यात्रा चलेकै छ
कति स्फूर्त, कति यन्त्रबस
कति निश्चल, कति वाचाल
व्यग्र बनेको उदय
खोजिरहेको छ–
आफ्नै विलय
फेरि उठ्नु छ उसलाई ।

मंगलबार, असोज २८, २०७६

प्रतिक्रिया दिनुहोस्