लहानमा किशोरी बलात्कृत, आरोपी फरार « Drishti News – Nepalese News Portal
Logo

लहानमा किशोरी बलात्कृत, आरोपी फरार


दृष्टि संवाददाता


सिरहा । सिरहामा एक किशोरी बलात्कृत भएकी छन् । लहान नगरपालिका–१४ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय शिवा पासवानविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको छ ।

पीडित किशोरीमाथि बिहीबार बलात्कार गरेको आरोपमा कारबाहीका लागि उजुरी परेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डाक्टर तपन दाहालले जानकारी दिए ।

पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको र आरोपितको खोजीकार्य भइरहेको जनाको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्