Logo
Logo

माछापुच्छ्रे बैंकको २३औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २३औँं वार्षिक साधारणसभा यही २०७८ कात्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त अवसरमा बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान बाँडफाँट, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरणलगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।

उक्त साधारणसभाले बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सञ्चालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले बाँकी कार्यकालसम्मका लागि नियुक्त गरेको सञ्चालकहरुको नियुक्ति अनुमोदन गरिएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख खुद नाफा गरेर प्रतिशेयर आम्दानी रु १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले आफ्ना १६२ वटा शाखाहरुलगायत १५४ शाखा रहित बैकिङ सेवासमेत गरी जम्मा ३१६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटिएमहरुमार्फत ग्राहक महानुभावलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्