Logo
Logo

माछापुच्छ्रे बैंकले ल्यायो एमबिएल कार्डलेस विथड्रल सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ग्राहक महानुभावको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले एमबिएल कार्डलेस विथड्रल सेवासञ्चालनमा ल्याएको हो ।

बैंकिङ क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले विशेषगरी डिजिटल बैंकिङमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्र्दै नवीनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ सञ्चालन गर्दै आएको छ ।

हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट रकम झिक्दै आएका ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सनमा गई बैंकको एटिमहरुबाट नगद झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्