माछापुच्छ्रे बैंकमा अब कार्डबिनै पैसा झिक्ने सकिने « Drishti News – Nepalese News Portal
Logo

माछापुच्छ्रे बैंकमा अब कार्डबिनै पैसा झिक्ने सकिने


दृष्टि संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैकले कार्डबिनै पैसा झिक्ने सुविधा ल्याएको छ । डिजिटल एमबीएल कार्डलेस वीथड्र सुविधा अन्तर्गत बैंकले कार्डलेस वीथड्र सुविधा ल्याएको हो ।

ग्राहकले डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएकामा अब कार्डलेस वीथड्र सुविधा मार्फत सजिलै संग रकम निकाल्न सकिने छ ।

यसका लागि बैंकका ग्राहकले मोबाइलमार्फत एटीएम सुविधा पाउनेछन् । यद्यपि, यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी बैंकिङ कारोबार गर्न बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्