Logo
Logo

फिफा विश्वकपमा स्पेन र क्रोएसिया छनोट



काठमाडौं । स्पेन र क्रोएसिया सन् २०२२ मा कतारमा हुने फिफा विश्वपकमा छनोट भएका छन् । आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा विजयी हुँदै सन् २०१० को विश्वविजेता स्पेन र क्रोएसिया कतार विश्वकपको लागि छनोट भएका हुन् ।

स्पेनले समूह ‘बी’ को खेलमा स्विडेनलाई १(० गोलले हरायो । स्पेनको जितमा अल्भारो मोराटाले खेलको ८६ मिनेटमा निर्णायक गोल गरे । स्पेन विश्वकपमा लगातार १२औँ पटक छनोट भएको हो ।

जितसँगै समूह ‘बी’ मा स्पेनले ८ खेलमा १९ अंक जोडेर शीर्ष स्थानमा छ । स्विडेन १५ अंक जोडेर दोस्रो स्थानमा छ । समूह ‘एच’ बाट शीर्षस्थानमा रहँदै क्रोएसिया विश्वकपमा स्थान बनाउन सफल भयो ।

आइतबार राति भएको खेलमा क्रोएसिया ले रुसलाई १–० गोलले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो । रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१औँ मिनेटमा आत्मघाती गोल गर्दा त्यसको फाइदा क्रोएसियालाई भएको हो ।

प्रतिक्रिया दिनुहोस्