Logo
Logo

ट्रेण्डिङमा चढ्दै ‘ताराबाजी लै लै’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ बैशाख । गायक सुनिल कटुवाल र गायिका एन्जिलाको रेग्मीको युगल स्वरमा ‘तारा बाजी लै लै’ बोलको नयाँ गीत बजारमा आएको छ ।
गीतमा शब्द र संगीत भिम विसीको छ । शैलेन्द्र एम. प्रधानले म्यूजिक एरेन्ज गरेको गीतको भिडियोमा बुगीबुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीले मोडलिङ गरेकी छिन् । भिडियोमा कवितालाई प्रदिप लामा एन्ड द नेक्स्ड डान्स क्रुसँग नृत्य गरेको देख्न सकिन्छ । यस भिडियोलाई दर्शक तथा श्रोताले रुचाएका छन् । यो समाचार बनाइरहँदा भिडियो यु–ट्युबमा २१ नम्बर ट्रेण्डिङमा छ ।
पवन सुस्लिङले खिचेको भिडियोको कोरियोग्राफी प्रदिप र प्रमोद भण्डारी मिलेर गरेका छन् । भिडियो निर्देशन भने प्रदिपकै छ । यसअघि सुनिलले एन्जिलासँगै मिलेर ‘कपुरी क’ बोलको गीत बजारमा ल्याएका थिए । ‘गीत डान्सिङ फ्लेबरको छ । आशा छ, ‘कपुरी क’ जस्तै माया पाउनेछु,’ सुनिलले भने ।

भिडियो हेर्नुस् :

https://www.youtube.com/watch?v=psFUXXxfCOA&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्