रौतहटमा दुई बालकको शंकास्पद मृत्यु « Drishti News – Nepalese News Portal
Logo

रौतहटमा दुई बालकको शंकास्पद मृत्यु


दृष्टि संवाददाता


रौतहट । रौतहटमा दुई बालकको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–५ का ५ वर्षीय आकाश मुखिया र ४ वर्षीय विकाश मुखिया छन् ।

प्रहरीका अनुसार दुवै बालकको तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बालकहरुको मृत्युपछि परिवारले विष खुवाएर हत्या गरेको आशंकामा विरोध प्रर्दशन गरेका छन् ।

परिवारका सदस्यले उनीहरुको शव सडकमा राखेर दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरिरहेका छन् । शंकास्पद मृत्यु भएका बालकको शवको नारायणी अस्पतालमा पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्