Logo
Logo

मालीको सम्झनामा रक्तदान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ बैशाख । रोटरी क्लव अफ काठमाडौं बेस्टका संस्थापक अध्यक्ष स्व. हिक्मत मालीको सम्झनामा रक्तदान कार्यक्रम गरिएको छ । शनिबार माली आयल स्टोर कालिमाटीमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा तरकारी बजारका महिलाहरुको बाक्लो उपस्थिति थियो । रक्तदाताहरुलाई रोटरी क्लव अफ काठमाडौं बेस्टका अध्यक्ष मनमोहन श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान २०७२ देखि हरेक वर्ष मालीको सम्झनामा गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्