नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी « Drishti News – Nepalese News Portal
Logo

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी


दृष्टिन्यूज


काठमाडौं । युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ ।

यस समझदारीले कर्णाली प्रदेश जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानीय युवाहरुलाई साथ दिन उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पु¥याइ युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सिर्जनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ ।

राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुंगाना, तिला गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष रतननाथ योगी र नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझाले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्