Logo
Logo

विप्लवका सिन्धुली जिल्ला सेक्रेटरीसहित २६ जना पक्राउ



सिन्धुली । सिन्धुलीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिन्धुली जिल्ला सेक्रेटरी गोपाल ब्लोन सहित २६ जना पक्राउ परेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्र्ता लिन माग गर्दै बन्द गराउन खटिएका जिल्ला सेक्रेटरी ब्लोनसहित २६ जना नेता-कार्यकर्तालाई सिन्धुलीमाढीबाट प्रहरीले पक्राउ गरेको हो ।

विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण सिन्धुलीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि व्यवसायीले व्यवसाय सञ्चालन गरेका छैनन् भने यातायात पनि प्रायः ठप्प छन् ।

बन्दमा अपृय घटना नहोस भनेर सिन्धुली प्रशासनले मुख्य ठाउँहरुमा प्रहरी परिचालन गरेको छ । ।

प्रतिक्रिया दिनुहोस्