Logo
Logo

बन्दकर्ताले बनाए जेब्रा क्रसिङ



दाङ । नेत्रविक्रम चन्द (वप्लव) नेतृत्वको नेकपाले रचनात्मक काम गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका छन् । उनीहरुले तुलसीपुरका सडकका चोकमा जेब्रा क्रसिङिङ बनाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

बन्द कर्ताहरुले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन् । राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्त प्रकास वलीले बताए ।

बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालिन हुने विश्वास आफूहरुले लिएको उनले बताए ।

लामो समयदेखि जेव्राक्रसिङहरु मेटिदै गएको अवस्था हुँदा समेत त्यसको संरक्षण नभएको देखेर यसलाई नयाँ बनाइएको वलीले बताए ।

चर्को मूल्य वृद्धिविरूद्ध आफ्नो पार्टीले गरेको नेपाल बन्द जनताकै सहयोगमा सफल बनेको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्