Logo
Logo

सरकारप्रति गोकुल बास्कोटाको व्यङ्ग्य-विदेशी गल्लीमा नेपाली रित्तिए


378
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारका कामकारबाहीप्रति व्यङ्ग्य गरेका छन् । सामाजिक सञ्जालमार्फत बास्कोटाले ‘नयाँ’ भनिएको सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै व्यङ्ग्य गरेका हुन् । उनले भिजिट भिसा बन्द, एउटै मन्त्रीका तीन दर्जन सल्लाहकार नियुक्ति, महँगी घटेको र लगानी बढेको भन्दै सरकारप्रति व्यङ्ग्य गरेका हुन् । 

The current image has no alternative text. The file name is: gokul-baskota.gif

उनले लेखेका छन्,’ ‘नयाँ भन्या नयाँ हो के, अरू छुँ मतलव ? ट्याँ टुँ, भिजिट भिसा बन्द, एउटै मन्त्रीका तीन दर्जन सल्लाहकार, महंगी स्वाट्टै घट्यो, लगानी ह्वात्तै बढ्यो, विदेशी गल्लीमा नेपाली रित्तिए। प्रगति पो के ले नाप्ने ?’

बास्कोटाले सरकारको विरोध गर्ने क्रममा मानिसले भोग्नुपरेका परिस्थितिप्रति समेत व्यङ्ग्य गरेका छन् । उनले’ ‘सरकारको विरोध गर्न आँगनमै बच्चा जन्माउन चै नहुने के–मान्छेले’- भन्दै टिप्पणी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्