Logo
Logo

प्रधानसेनापति थापा भारत भ्रमणमा जाँदै




काठमाडौं, २२ पुस ।
प्रधानसेनापति पूर्णचन्द्र थापा २७ पुसमा भारतबाट विदेश भ्रमणको सुरुवात गर्ने भएका छन् । भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको निमन्त्रणामा उनी ६ दिनका लागि जान लागेका छन् ।

बिमस्टेकका सदस्य मुलुकहरूका सेनाको सैन्य अभ्यास समापनका क्रममा प्रधानसेनापति थापाले ३० भदौमा भारत भ्रमण गर्ने तयारी अन्तिममा स्थगित भएको थियो । संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका तीनजना पर्यवेक्षकका रूपमा सहभागी भए, तर प्रधानमन्त्रीस्तरीय निर्णयअनुसार प्रधानसेनापति थापाको भ्रमण रोकिएको थियो । त्यसको चार महिनापछि प्रधानसेनापतिको भ्रमण हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्