Logo
Logo

लाभांश पारित गर्न निफ्राले बोलायो साधारणसभा



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आगामी मंसिर २९ गते वार्षिक साधारणसभा आव्हान गरको छ । कम्पनीले बिहान ८ बजेदेखि साढे ११ बजेसम्म काठमाडौंको बत्तिसपुतली अनुपम फुडल्याण्डमा तेस्रो वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभाले गत वर्षको लाभांश प्रस्तावलाई पारित गर्दै छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट चुक्ता पुँजीको आठ प्रतिशत बोनस र कर प्रयोजनको लागि ८ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी मंसिर ९ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्