Logo
Logo

प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकेर आज सोमरबा बिहान कम्बोडियाका प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख २६ गतेभियतनाम पुगेका थिए ।
भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनाम नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसंघीय वैशाख दिवसलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्रीका साथ उहाँका नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्