Logo
Logo

असन्तुष्ट न्यायाधीशहरु आजदेखि इजलासमा बस्दै



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग असन्तुष्ट भइ आन्दोलन गर्दै आएका सर्वोच्चका न्यायाधीशहरु आजदेखि नियमित इजलास बस्ने भएका छन् । बिहीबार सर्वोच्चको फुलकोर्ट वैठकले नियमावली संशोधनको प्रस्ताव पारित गरेसँगै असुन्तुष्ट न्यायाधीशहरु इजलासमा फर्कँने भएका हुन् ।

न्यायाधीशहरुको मागअनुसार शुक्रबार प्रधानन्यायाधीश जबराले निवेदन, तामेली र बन्दी प्रत्यक्षीकरणका मुद्दामा पेसी राखेका छन् ।
शुक्रबारका लागि २२२ वटा रिट निवेदन पेसीमा राखिएको छ । जसका लागि ९ वटा संयुक्त इजलास र एउटा एकल इजलासमा पेसी तोकिएको छ । सबै पेसीमा तामेलीका लागि दिइएको निवेदन, बन्दी प्रत्यक्षीकरण वा थुनुवासम्बन्धी मुद्दा रहेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसन र कानुन व्यवसायीको लगातारको आन्दोलनका कारण झण्डै एक महिनादेखि इजलास अवरुद्ध हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्