Logo
Logo

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको शनिबार अन्त्येष्टि गरिने


0
Shares

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका क्रममा बेपत्ता भएका पत्रकार टेकराज थामी अहिलेसम्म नभेटिएपछि अन्त्येष्टि गरिने भएको छ । परिवारको सल्लाह र निर्णयबमोजिम शनिबार पशुपति आर्यघाटमा अन्त्यष्टि गर्न लागिएको नेपाल थामी समाजले जानकारी दिएको हो ।

नयाँ पत्रिकामा कार्यरत पत्रकार थामी कार्यालयबाट चार दिनका लागि बिदा लिएर रसुवातर्फ गएका थिए । आफू एक कार्यक्रममा सहभागी हुन केरुङ जाने उनले परिवारलाई बताएका थिए । उनी चीनतर्फ पुगे–नपुगेको पुष्टि हुन सकेको छैन ।

बाढी आएको अघिल्लो दिन रसुवातर्फ लागेका थामीको बेलुका परिवारसँग सम्पर्क भएको थियो । त्यसयता उनको कसैसँग सम्पर्क नभएको श्रीमती कालिका खड्काले बताएकी छन् ।

सबै निकायबाट खोजी र उद्धारका लागि पहल गर्दा पनि थामीको कुनै पत्तो लागेन । बाढी आएको दिन बिहान ८ः२१ बजेसम्म उनको मोबाइल लोकेसन देखिएको र त्यसपछि फोन अफ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्