Logo
Logo

सिटी एक्सप्रेसद्वारा पाँच लखपति बिजेता घोषणासहित योजना समापन



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत कात्तिक महिनाको पाँच भाग्यशाली बिजेताको नाम सार्वजनिक गर्दै योजना समापन भएको घोषणा गरेको छ ।

सोही योजनाअन्तर्गत पाँच जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा साउदीबाट रेमिट्यान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेशियाबाट उदयराम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिलबहादुर पुन साथै अन्तिममा कतारबाट रेमिट्यान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीको महान चाड २०७८ सालको दशैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत ६१ दिन लगातार हरेक दिन एक जना (कुल ६१ जना) विजेतालाई रु १० हजार उपहार प्रदान गरेको छ साथै हरेक महिना ५ जनालाई रु १÷१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सफल भएका छन् ।

कम्पनीका अनुसार यस ‘सिटी आयो लखपति बनायो’ अफर असोज १ गते देखि कात्तिक ३० गतेसम्म चलेको थियो । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत देश–विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्