Logo
Logo

नबिल बैंकद्वारा प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट सञ्चालन



काठमाडौं । आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मध्यनजर गरी व्यक्तिगत बचत खाताअन्तर्गत ‘नविल प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट’ सञ्चालन ल्याएको छ ।

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिने बैंकले जनाएको छ । ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस ‘नविल प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट’ मा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदरमध्यको उच्च व्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

सन् १९८४ मा स्थापित नविल बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहक वर्गको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्