Logo
Logo

हेमन्तको भाग्यमानी (भिडियो)



काठमाडौं । डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक नेपालले ल्याएको ‘भाग्यमानी बोलको गीतमा हेमन्तलाई देवी घर्ती, झलक संगीतम, टेकेन्द्र बोहरा, शर्मिला बिसी, प्रतिमा विश्वकर्मा र अमृता नेपालीले साथ दिएका छन् ।
गीतको रचनाकार सपना रसाइली र संगीत झलक संगीतामको रहेको छ । गीतलाई धेरै दर्शक तथा स्रोताले मन पराएको हेमन्त बताउँछन् । ‘मौलिक नेपाली बाजा र लोक फेभरका भएकाले गीत राम्रो बनेको छ । दर्शक र स्रोताले पनि मन पराइरहेका छन्’ हेमन्तले भने ।
सो गीतको भिडियो पनि तयार भएको छ । गीतमा श्रीप्रसाद थापा र रिना थापा मगरले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन उमेश गुरुङले गरेका छन् ।

हेमन्तले २०६३ सालमा गाएको ‘काँचो सुन्तला’ बोलको गीत निकै हिट भएको थियो । यसबीचमा उनले करिब दुई दर्जन गीत गाए । लोकगायनका साथै अहिले उनी कुशल सारंगी वादकका रूपमा पनि चिनिन्छन् । उनले सात हजारभन्दा बढी गीतमा सारंगी बाजा बजाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्