Logo
Logo

नेपालगंज म्याराथनको उपाधि एपिएफका किरणसिंह बोगटीलाई



नेपालगञ्ज । सातौं नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) का किरणसिंह बोगटीले जितेका छन् ।

बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा नेपालगञ्ज म्याराथन पूरा गरेका छन् । बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधि जितेका हुन् । दोस्रो भएका रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरेका छन् ।

एपीएफका सन्तोष विष्टले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भएका छन् । म्याराथनको उपाधि जितेका बोगटीले एक लाख रुपैया पुरस्कार पाएका छन् । द्वितिय भएका रावलले ५० हजार, तृतिय भएका विष्टले २५ हजार प्राप्त गरे । हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले बाजी मारेकी छन् ।

एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले हाफ म्याराथनको उपाधी जितेकी हुन् । सागकी गोल्ड मेडलिष्ट श्रेष्ठले हाफ म्याराथन एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी छन् । एपीएफकी भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेकी छन् । हाफ म्याराथनमा विन्दु हमाल तृतिय, सरस्वती बोहरा चौथो, साधना शाही पाँचौ, कल्पना थारु छैठौ र चन्द्रमाया रावत सातौ भएका छन् । हाफ म्याराथन विजेता श्रेष्ठले ५१ हजार रुपैया पाइन् ।

५ किलोमिटर ओपन (महिला) मा राजपुरा पछाई प्रथम, फूलमति राना द्वितिय र बन्दना बुढा तृतिय भएका छन् । उनीहरुले क्रमशः १५ हजार, १० हजार रसात हजार रुपैया पुरस्कार पाए । ह्वील चियरमा महेश चौधरी प्रथम, यज्ञबहादुर खत्री द्वितिय र चन्द्रबहादुर कामी तृतिय भएका छन् । उनीहरुले सात हजार, ५ हजार र तीन हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्