माछापुच्छ्रे बैंक र श्रमज्योति बचतको डेबिट कार्डको सुरुवात « Drishti News – Nepalese News Portal
Logo

माछापुच्छ्रे बैंक र श्रमज्योति बचतको डेबिट कार्डको सुरुवात


दृष्टिन्यूज


काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्मुत प्राधिकरण रत्नपार्कको प्राङ्गणमा भएको हो । सोही कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक अर्थ डिल्लीरमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जुकुमार थापाले संयुक्तरूपमा औपचारिका उद्घाटन गरेका हुन् ।

विद्युत् प्राधिकरणका कर्मचारीले स्थापना गरेको श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकले यस सहकार्यको मद्दतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नेछन् । समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोग अब बैंकिङ क्षेत्रमा मात्र सीमित नरही सहकारी पनि उत्तिकै प्राथमिकतामा राख्न थालेका छन् । अब यसले अवश्य पनि डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ कारोबार अझ सहज र सुदृढ हुने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्