Logo
Logo

केन्द्रको विवाद मिलाउन जनप्रतिनिधि काठमाडौंमा



काठमाडौं । जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्र राख्ने सम्बन्धमा उठेको विवादमा सहमति जुटाउन जाजरकोटको जनप्रतिनिधिको टोली काठमाडौँ आएको छ ।
लुहादह वा सानाखोलामा प्रशासकीय केन्द्र राख्ने भन्ने विषयमा विवाद भएका कारण जनप्रतिनिधिको टोली सहमति जुटाउन काठमाडौँ गएकोे हो । शुक्रबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग जनप्रतिनिधिलेको टोलीले छलफल गरे पनि सहमति जुट्न सकेको थिएन । ११ वटा वडा रहेको सो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठ वडाध्यक्षले लुहादहमा र तीन वडाध्यक्षले सानाखोलामा केन्द्र राखिनुपर्नेमा जोड दिएका वडा ५ का वडाध्यक्ष राजबहादुर शाहीले बताए ।
उक्त गाउँपालिकाको बैठकबाट बहुमत जनप्रतिनिधिले लुहादहमै प्रशासकीय केन्द्र बनाउने निर्णय गरेर सहमति जुटाउन कर्णाली प्रदेशमा असार ३० गते पठाएकामा उक्त प्रदेशले सो निर्णयलाई केन्द्रसम्म नपु¥याउँदा अहिलेसम्म उक्त गाउँपालिकाको प्रशासकीय केन्द्रको विषयमा टुङ्गो लाग्न नसकेको हो । बहुमत जनप्रतिनिधिले गरेको निर्णय अहिलेसम्म रोकेर हाम्रा काममा अवरोध तुल्याइएको लुहादह केन्द्र पक्षका जनप्रतिनिधिको भनाइ छ ।

राजपत्रमा उक्त गाउँपालिकाको केन्द्र पराले भनेर तोकिएकामा उक्त गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पराले पायक पर्ने ठाउँ नभएकाले लुहादहमै राख्नुपर्ने भनी गरिएको निर्णय अहिलेसम्म रोकेर बहुमत जनप्रतिनिधिको भावनामा चोट पु¥याएको बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्