Logo
Logo

नबिल बैंकको नविल एक्स्ट्रा फिक्सड् डिपोजिट खाता सञ्चालमा



काठमाडौं । ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै समयसान्दर्भिक सेवा प्रदान गर्दै आएको नबिल बैंकले आफ्ना ग्राहकका थप आवश्यकता पूरा गर्न नविल एक्स्ट्र फिक्स्ड डिपोजिट खाता संचालनमा ल्याएको छ । यो खाता मासिकरुपमा नियमित निश्चित आयआर्जन गर्न चाहने ग्राहकलार्ई लक्षित गरी सञ्चालनमा ल्याइएको हो ।

नविल एक्स्ट्र फिक्स्ड डिपोजिट ग्राहकमाझ सहज तथा सरल बैंकिङको अनुभूति गराउने उद्देश्यले व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्तालाई लक्षित गरी मासिक आधारमा ब्याज दिने सुविधासम्पन्न मुद्दति खाता रहेको बैंकले जनाएको छ । यस योजनामा हरेक नेपाली महिनाको अन्तिममा र खाता अवधिको परिपक्वतामा ब्याज भुक्तानी हुने जनाइएको छ । यसका साथै ग्राहकलाई कुनै पनि न्यूनतम रकमको सीमा तोकिएको छैन । उक्त योजनाअन्तर्गत तीन महिना वा बढी अवधिका लागि ग्राहकले खाता खोली यसको लाभ लिई ढुक्क हुन सक्नेछन् ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको बैंक ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ शुरुवात गर्नेतर्फ केन्द्रित रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्