टी–२० विश्व कप एसिया छनोटमा नेपाली टोलीले आज हङकङसँग खेल्दै « Drishti News – Nepalese News Portal
Logo

टी–२० विश्व कप एसिया छनोटमा नेपाली टोलीले आज हङकङसँग खेल्दै


दृष्टि संवाददाता


काठमाण्डौं । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दै छ ।

खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा बिहान सवा ११ बजे हुनेछ । नेपाल आज पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । तर, हङकङसँग नेपाललाई जित निकाल्न सहज भने हुने छैन । तर, यसपालि विशेष तयारी गरेकाले जित आफ्नो पक्षमा पार्ने नेपालको तयारी छ ।

टी–२० विश्व कप एसिया छनोटमा नेपालले हङकङसहित आयोजक यूएई, भुटान, मलेसिया र कुवेतसँग खेल्ने छ । राउण्ड रोबिन प्रणालीमा हुने प्रतियोगिताको विजेताले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । नेपालले दोस्रो खेलमा भोलि भुटानसँग खेल्ने छ भने बिहीवार कुवेतसँग, शुक्रवार मलेसियासँग र आइतवार यूएईसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्