ए डिभिजन लिगमा आज को-को भिड्दै छन ? « Drishti News – Nepalese News Portal
Logo

ए डिभिजन लिगमा आज को-को भिड्दै छन ?


दृष्टि संवाददाता


काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदै छ । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् ।

दुवै टिम आज सुखद सुरुवात गर्ने दाउमा छन् । यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे मच्छिन्द्र एफसी र न्युरोड टिम एनआरटी खेल्ने छन् ।

यसअघि हिजो भएको खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लब विजयी भए । ब्रिगेड ब्वाइजले एपीएफ क्लबलाई ३–२ गोलले हरायो भने मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई १ –० गोलले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्