Logo
Logo

सुरक्षाकर्मीले सुत्केरीको ज्यान बचाए


- दृष्टि न्युज/संवाददाता


नन्दा थापा, बाजुरा

बुढीनन्दा नगरपालिका ८ पाण्डुसैनकी ४२ वर्षीया थुमरा कठायतलाई सुरक्षाकर्मीले रगत दिएर ज्यान बचाएका छन् । उनलाई शसस्त्र प्रहरी आश्रित गुल्म बाजुरामा कार्यरत सहायक हबल्दार चैननाथ योगीले रगत दिएर ज्यान बचाएको जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डा. टीकाराम राईले बताएका छन् ।

थुमरा कठायतले तीन दिन पहिला घरमै बच्चा जन्माएकी थिइन् । उनलाई अत्यधिक रक्तश्राव र साल नआएपछि आफन्तले पाण्डुसैन स्वास्थ्य चौकीमा लगेका थिए । त्यहाँ उनको उपचार सम्भव नभएपछि जिल्ला अस्पताल बाजुरा रिफर गरेको थियो र अस्पतालमा पुग्दा रगतमा हेमोगोलोबिनको मात्रा ४. ७ रहेले तत्काल रगतको आबश्यकता रहेको डा. राईले वताए ।

सबै ठाँउमा रगतका लागि पहल ग¥यौँ, अन्त्यमा शसस्त्र प्रहरीले रगत दिएपछि ज्यान बचेको आफन्त पुर रावतले वताएका छन् । शसस्त्र प्रहरीका डिएसपी चेत सिंह थापालाइ सम्पर्क गरेपछि उनले सुरक्षाकर्मीलाई पठाएर रगत दिएको रावतले वताए । थुमरालाई बि पोजेटिभि रगत आबश्यक परेको छ । उनलाइ ३ प्वान्ट रगत आबश्यक परेको स्वास्थ्यकर्मीले वताएका छन् । उनले छैटो पटक घरमै बच्चा जन्माएकी हुन् ।

बाजुरा जिल्लामा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले सुत्केरी र बिरामीलाई रगत दिएर ज्यान बचाउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । बाजुरा जिल्लामा ब्लड बैंक नुहँदा सुत्केरी र बिरामीलाई निकै समस्या हुने छ । आकस्मिक रक्तसञ्चार केन्द्र दुई ठाँउमा भए पनि ब्लड बैंक नहुँदा सुत्केरी र बिरामीलाई समस्या हुँदै आएको छ ।

जिल्ला स्अस्पताल बाजुरामा आबश्यक परेको बेला रगत नपाएर आकस्मिक प्रसुति सेवा र अप्रेशन सेवा सञ्चालनमा समेत समस्या भएको छ । आकस्मिक रक्तसञ्चार भएपनि आबश्यक परेको बेला रगत दिने कोही भेटिदैनन् भने अर्कोतिर रगत समुह समेत नमिल्ने गरेको डा टीका राईको भनाई छ । रगत दान गर्नुपर्छ भन्ने चेतना नभएकाले बिरामीका आफन्त रगत समेत दिन नमाने गरेको उनले वताए ।

अस्पतालमा ब्लड बैंक नभएकाले आवश्यक परेका बेला सुत्केरी र बिरामी रगत नपाउने भएकाले समस्या भएको छ । रगत नपाएर उपचारमा समस्या र अन्यत्र लिएर सास्ती ब्यहोनुपर्ने कारण भएकाले जिल्लामा ब्लड बैंकको स्थापना हुनुपर्ने स्थानीयले बताएका छन् । आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यलय र टाटे स्वास्थ्य चौकीमा रहेको छ । ब्लोड बैंक स्थापनाका लागि तत्कालीन जिविस बाजुराले सांसद विकास कोषमार्फत जिल्ला रेडक्रस सोसाइटीलाई १५ लाख दिएको थियो । तर अहिलेसम्म ब्लड बैंक स्थापना हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्