Logo
Logo

कक्षा १२ का विद्यार्थीले बनाए विजुलीबाट चल्ने मोटरसाइकल



बुटवल । बुटवलका एक विद्यार्थीले पेट्रोलबिना चल्ने विद्युतीय मोटरसाइकल बनाएका छन् ।

बुटवल देवीनगरको नवीन औद्योगिक माविमा सिभिल ओभरसियर विषय पढ्दै गरेका कक्षा १२ का विद्यार्थी सागर पोखरेलले ब्याक गियरसहितको इलेक्ट्रानिक मोटरसाइकल बनाएका हुन् ।

उनको प्रतिभालाइ कदर गर्दै विद्यालयले आज सोमवार विद्यालयमा र्सिजनसील एंव प्रतिभासालि बिद्यार्थी सागर पोखरेल सम्मान तथा विद्युतीय मोटरसाइकल प्रर्दशनी कार्यक्रम नै आयोजना गरेको छ ।

अर्घाखाँची सन्धिखर्क, पाडनीचोक घर भएका सागरले विद्यालयको प्राङ्गणमा मोटर साइकल चलाएर देखाएका थिए । उनले सानैदेखि प्रबिधिमा चासो राख्दै आएका थिए । यसअघि पनि उनले भ्याकुम क्लिनर, वासिङ्ग मेसिन, रोबर्ट जस्ता उपकरण बनाएका थिए ।

उनी भन्छन्, ‘नेपाल सरकार र स्थानिय सरकारले सहयोग गरे सस्तो मूल्यमा यस्तो मोटरसाइकल वनाउन सकिन्छ । घरको आर्थीक अवस्था कमजोर भएका कारण आफ्नो पढाइलाई निरन्ता दिन समस्या पर्छ भन्ने चिन्ता छ ।’

४ वटा १२ भोल्टको ब्याट्री र ७ सय ५० वाटको मोटरका माध्यमबाट चल्ने मोटरसाइकल प्रतिघण्टा ४५ देखि ५० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने उनले बताए । ३ वटा ब्रेक रहेको यो मोटरसाईकल तयार गर्दा करिव १ लाख १० हजार लागेको समेत उनको भनाइ छ ।

उनको यो प्रतिभाबाट विद्यालय र उनको परिविार पनि निकै खुसी छन् । विद्यालयका प्रिन्सिपल प्रेमबहादुर बस्नेत सागरले विद्यालयको गरिमा बढाएको बताए । उनलाई प्रोत्साहन स्वरुप ५१ हजार नगद सहयोग गरेको समेत उनले जानकारी दिए ।

बाबु अनन्तमणी पोखरेल पनि छोराको कामबाट निकै खुसी लागेको बताए । सरकारले सागरजस्ता विद्यार्थीलाई सरकारले सहयोग गनुपर्ने बताए । छोराको प्रतिभालाई अगाडि बढाउन नसकिने हो कि भन्ने चिन्ता भएको उनको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाकि उपमेयर गुमादेवी आचार्यले सागरको कामको प्रसंशा गर्दै सक्दो सहयोगका लागि पहल गर्ने बताइन् । सागरले वनाएको मोटरसाइकल संचारकर्मी दामोदर खनाल र दिनेश श्रेष्ठले पनि चलाएर परीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्