Logo
Logo

पुर्वपछि सुदूरपश्चिमका दुई जिल्लामा परिचयपत्र वितरण गरिँदै



बैतडी । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा चालू आवमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ ।
अछाम र कञ्चनपुरमा चालू आर्थिक वर्षभित्रै परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । आउँदो माघबाट विवरण संकलन गरिने र असारसम्म परिचयपत्र वितरण गरिसक्ने लक्ष्य लिइएको छ ।
सरकारले संवैधानिक रुपमै राष्ट्रिय परिचयपत्र बनाउन खोजेको प्रदेशका आन्तिरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताउनुभयो । सरकारले पाँचथरबाट गत ३ मंसिरदेखि वितरण शुरु गरिएको परिचयपत्र वितरण चालू आर्थिक वर्षमा सात प्रदेशका १५ जिल्लामा वितरण हुन लागेको हो ।
विभागले यसअघि पाँचथरमा एक लाख १० हजार र सिंहदरबारका सात हजार कर्मचारी गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिसकेको छ । विभागले चालू आर्थिक वर्षभित्र सात प्रदेशका १६ वर्षभन्दा माथिका ३५ लाख २३ हजार ६९८ जनालाई परिचयपत्र वितरण गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्