Logo
Logo

शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्रले एनआरटीलाई हरायो



काठमाण्डौं । शहीद स्मारक एु डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले न्यु रोड टीम एनआरटी लाई हराएको छ ।

दशरथ रङ्गशालामा सोमवार भएको दोस्रो खेलमा मच्छिन्द्रले एनआरटीलाई दुई–एक गोलले हरायो । मच्छिन्द्रको जितमा सुनिल बलले दुई गोल गरे । एनआरटीका लागि एरिक विष्टले गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।

यो जितसँगै मच्छिन्द्रले तीन अङ्क जोडेको छ । मच्छिन्द्रले दोस्रो चरणमा आर्मीसँग खेल्ने छ भने एनआरटीले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्