मंसिर २८ गते बोलायो मेगा बैंकले साधारणसभा « Drishti News – Nepalese News Portal
Logo

मंसिर २८ गते बोलायो मेगा बैंकले साधारणसभा


दृष्टिन्यूज


काठमाडौं । मेगा बैंक लिमिटेडले आगामी मंसिर २८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले उक्त दिन बिहान ११ः१५ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा बोलाएको हो ।उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी मंसिर १४ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै मंसिर १३ गतेसम्म कायम शेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।

सभाले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई १२.०२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र २.०७ प्रतिशत नगद) प्रस्तावलाई पारित गर्दै छ । यस्तै सभाले मर्जर तथा एक्विजिसनसँग सम्बन्धित आवश्यक सम्पूण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्