Logo
Logo

टी-२० विश्वकप छनोट : भुटानमाथि नेपालको सानदार जित



काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप छनोट खेलमा नेपालले भुटानमाथि सानदार जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो ।

भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपाललाई सानदार जित दिलाउनको लागि सीता रानामगरले १७ रन, कप्तान रूबिना क्षेत्री १० र इन्दू बर्मा २६ रन जोडिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ६ विकेटको क्षतिमा ६१ रन बनाएको थियो । भुटानका लागि ओपनरद्वय नवाङ छोडेन १३ रन र सोनाम पाल्दनले ११ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालकी सीता रानामगरले ३ विकेट लिएकी थिइन् भने करुणा भण्डारीले एक विकेट लिइन् ।

छनोटको अंक तालिकामा युएई लगातार दुई जित निकालेर ४ अंक जोड्दै शीर्ष स्थानमा छ । नेपाल, भुटान र हङकङले २(२ अंक जोडेका छन् ।

यसअघि नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा बिहीबार कुवेतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्