Logo
Logo

‘तिमी सँधै’, तोरीबारीमा महेश र विपनाको रोमान्स (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ । गायक रुपक डोटेल र गायिका निकिता थापाको स्वरमा नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘तिमी सँधै’ बोलको गीतमा दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना रहेको छ ।
किरण कँडेलको संगीत संयोजन रहेको गीतमा मायालुले आफ्नो मायालुप्रति समर्पितभाव व्यक्त गरिएको छ । राज खड्काले निर्देशन गरेको भिडियोमा एक जोडी मायालुको विभिन्न कृयाकलापलाई भिडियोमा उतारिएको छ । भिडियोमा महेश खड्का र बिपना थापालाई फिचर्ड गरिएको छ ।
ज्ञानेन्द्र शर्माले छायाँकन रहेको भिडियोमा बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्