Logo
Logo

शिक्षामन्त्री पोखरेल चीनतर्फ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) तथा चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बुधबार चीनको बेइजिङ प्रस्थान गरेका छन् । कम्प्युटर विज्ञानमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ लाई यन्त्रले प्रदर्शन गर्ने बौद्धिक कार्य मानिन्छ ।
यही मे १६ देखि १८ तारिखसम्म हुने सम्मेलनमा युनेस्कोका १६० सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय संगठन र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ उद्योगका प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का सीपबारे अनुभव आदानप्रदान हुनाका साथै यसलाई दिगो विकासको लक्ष्यअनुकूल शिक्षा र सिकाइमा उपयोगबारे छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्