Logo
Logo

कोषका अध्यक्ष प्रा.डा. भट्टराईको बिदाइ



काठमाडौँ । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई र कोष सञ्चालक चन्द्रसिंह साउदलाई कोषले बिदाइ गरेको छ । कोषका अध्यक्ष डा. भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषद्ले मनोनयन गरेको थियो । उमेरहदका कारण अर्थ मन्त्रालयको कात्तिक २८ को पत्र अनुसार डा. भट्टराईको पदावधि समाप्त भएको हो ।

बिदाइ कार्यक्रममा डा.भट्टराईले बोर्ड र कार्यकारी निर्देशकबीचको लिंकेजलाई निरन्तरता दिनुपर्ने बताउँदै आफूले ३७ महिनाको कार्यकालमा धेरै नै विषयहरु सिक्न पाएको बताए । त्यसैगरी सञ्चालक साउदले आफ्नो कार्यकालमा गर्नुभएको सहयोगका लागि सबै सञ्चालकलाई धन्यवाद दिए ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र सञ्चालकले पु¥याएको सहयोगको सरहना गर्दै संस्थाको कामलाई विधिसम्बद्ध तरिकाले अघि बढाउँदै लाने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्