अश्लिल भिडियो देखाएर बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ « Drishti News – Nepalese News Portal
Logo

अश्लिल भिडियो देखाएर बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ


दृष्टि संवाददाता


पर्वत । मोबाइलमा अश्लिल भिडियो देखाएर बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पवर्तको जलजला गाउँपालिका–४ बस्ने २८ वर्षीय विष्णु आचार्य छन् ।

उनलाई प्रहरीले सोमबार १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ गरेको हो ।

आचार्यले आफनो मोवाईलमा अश्लिल भिडियो ती किशोरीलाई देखाई यौन दुर्ब्यबहार गर्दै एकान्त ठाउँमा लगि ती किशोरीलाई बालयौन दुरुपयोग गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्वतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्