बीबीएल खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान « Drishti News – Nepalese News Portal
Logo

बीबीएल खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान


दृष्टि संवाददाता


काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछाने आसन्न टी–२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका हुन् ।

बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन् । ५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ । लिगमा आठ टिमको सहभागिता रहेको छ ।

सन्दीपले बीबीएल लिगमा कुल १९ खेल खेल्दा ३४ विकेट लिएका छन् । सन्दीप बीबीएल लिग क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्