Logo
Logo

चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १२ गतेदेखि हुने



ललितपुर । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १२ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहने क्लबका अध्यक्ष उर्दिप जोशीले जानकारी गराउनुभयो । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, युएइ, कोरियालगायतका राष्ट्र सहभागी हुने आयोजकले जनाएको छ । पुरुष÷महिला सिंगल्स र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी ७ स्पर्धामा खेल हुनेछ ।

सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेश्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कार गरिनेछ ।

प्रतियोगिताको अनुमानित बजेट २१ लाख ५० हजार रुपैयाँ रहेको छ । चारदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्