Logo
Logo

विरेन्द्रले ल्याए ‘नेपाल आमा…’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ । राष्ट्रियभाव बोकेको ‘नेपाल आमालाई’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मीना लामाको शब्दसंगीत रहेको छ भने स्वर सुस्मिता राई र मित्र केसीले दिएका छन् ।
‘नेपाल आमालाई’ बोलको यस भिडियो युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतमा सञ्जय हमालको संगीत संयोजन रहेको छ । गीतको भिडियोलाई बिरेन्द्र भाट ‘बिपिन’ले निर्देशन गरेका हुन् । भिडियोमा मीना लामा, राजकुमार महर्जन र राजनको साथमा बेब्स एकेडमीका विद्यार्थी फिचरिङ्ग छन । भिडियोमा रामसिङ भाटको छायाँकन र लोकेश भाटको सम्पादन रहेको छ । भिडियोलाई वल्र्ड भिजन मिडियाले बजार ब्यवस्थापन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्