Logo
Logo

जाडोमा यस्ता रोगहरुबाट सचेत हुनुहोस्



काठमाडौं । जाडो याम लागेसंगै केही रोगले अत्याधिक सताउयँने गर्छ । यो समयमा ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइले हैरान बनाउँने गरेको पाइन्छ ।

यो मौसममा विषेश गरेर बालबालिका, वद्धवृद्धा, गर्भवती, महिला दीर्घरोगी, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोबाट जोगाउँनका लागि । तातो खाना तथा न्यानो कपडाको जोहो गर्नु आवश्यक हुन्छ । जाडोमा यि रोगहरुबाट डाक्टहरु सुझाप दिन्छन ।

बाथ, जोर्नी दुख्ने
जाडो मौसममा जोर्नी दुख्ने समस्या र बाथ रोग पनि धेरैलाई देखिन्छ । यो रोग हुने मानिस चिसोबाट जोगिनुपर्छ । न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नु रामै हुन्छ ।

निमोनिया
जाडो मौसममा निमोनियाका बिरामी धेरै देखिन्छन् । यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ । उनिहरुको हेरचारमा ध्यान दिनु पर्छ ।

ज्वरो, रुघाखोकी
जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ । यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका कणहरूमार्फत हावाका माध्ययमबाट अर्को व्यक्तिमा सर्ने भएकाले सजक रहनु पर्छ । ज्वरो आउने, रुघा लाग्ने समस्या वेलैमा निराकरण नहुँदा निमोनियाको खतरा हुन्छ ।

पिनास
पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ । नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ ।

टन्सिल
चिसोका कारण हुने टन्सिलबाट बच्न तातोपानी पिउने, झोल पदार्थ सेवन गर्ने, न्यानो कपडा लगाउने गर्नुपर्छ ।

दम, मुटुरोग
जाडो मौसममा श्वासप्रश्वासका नलीहरू खुम्चिन्छन् । यस्तो वेला श्वासनली साँघुरो भई सास फेर्न गाह्रो हुन्छ । जाडो मौसममा दमका बिरामी धेरै देखिन्छन् । खासगरी बुढाबुढीलाई सताउँछ । यो जाडोमा निम्तिने एकप्रकारको एलर्जी हो । यस्ले गर्दा आकस्मिक निधनका घटना पनि हुने भएकाले सजक रहनु पर्छ ।

एलर्जी
जाडो मौसममा छाला सुक्खा हुने समस्या धेरैलाई हुन्छ । चिसोका कारण पानीको मात्रा कम हुँदा छाला सुक्खा हुन्छ । छालाको एलर्जी, छाला चिलाउने, ओठ फुट्नेजस्ता समस्या समस्या चिसो मौसममा देखिने मुख्य समस्या हुन् । यो बेला तातोपानी बढि खाने, आगोमा कम बस्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्